Goverment of NepalNational Planning Commission SecretariatNational Development Volunteer Service (NDVS)

News And Event

हेटौडामा संचालन हुन गइरहेको सार्वजनिक सेवा प्रवाह एवं विकास पैरवी सम्बन्धी क्षमता अभिवृद्धि तालिममा सहभागी हुने बारे सूचनाFebruary 08,2017

राष्ट्रिय विकास स्वयंसेवक सेवाले काभ्रेपलान्चोक, गोरखा, लमजुङ, तनहुँ, दोलखा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक जिल्लामा कार्यरत स्वयंसेवकहरुको लागि मिति २०७३/११/०२ देखि २०७३/११/०८ सम्म मकवानपुर जिल्लाको हेटौंडामा "सार्वजनिक सेवा प्रवाह एवं विकास पैरवी" विषयक क्षमता अभिवृद्धि तालिम आयोजना गरिंदै छ । सो कार्यक्रममा यस सेवाबाट परिचालित भई माथि उल्लिखित जिल्लाहरुमा कार्यरत सम्पूर्ण स्वयंसेवकहरु उपस्थित हुनको लागि यो सूचना मार्फत सूचित गरिन्छ ।